नवलपुर

नारायणीले बगाउँदा एक युवक बेपत्ता

Banner

कावासोती,साउन ७-

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित नारायणी नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । जिल्लाको सुस्ता गाउँपालिका–४ स्थित नर्सही थारूगाउँका ३२ वर्षीय सन्तु चौधरीलाई आज बिहान नारायणी नदीले बगाएको हो ।

नारायणी नदीको १३ नं ठोक्करमा बाढीले बगाएर ल्याएको दाउरा छोप्न गएका चौधरीलाई उर्लिएको नदीले बगाएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>