Breaking News
नवलपुरमा १९ वर्षीय युवकमा देखियो कोरोना संक्रमण, उनी भारतबाट आएका थिए

चितवन, जेठ १५–
नवलपुरमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१ बस्ने वर्ष १९ का युवकमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका मेसु डा.श्रीराम तिवारीले जानकारी दिए ।
ती युवा जेठ १० गते भारतको हरिद्धारबाट आएर देवचुली नगरपालिकाको क्वारेन्टिनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थयकर्मीको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।
यस्तै जेठ १३ गते संकलित अन्य १०४ वटा नमुनको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
यसअघि नवलपुरको देवचुलीकै एक ४९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो । ती पुरुषको हाल कोरोना अस्पताल भरतपुरमा उपचार भइरहेको छ । ती पुरुष पनि भारतको कलकत्ताबाट आएर भरतपुरमै कोरोना परीक्षण गराएका थिए । यससंगै नवलपुरमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ ।























