Breaking News
संक्रमणदर बढ्दै गएपछि बाँके प्रशासनद्धारा जिल्लाभर निषेधाज्ञा जारी
०

बाँके, जेठ १४–
कोरोना संक्रमणदर उच्च हुँदै गएपछि बाँके प्रशासनले आजदेखि निषेधाज्ञा जारी गरेको छ ।
आज एक सूचना जरी गर्दै जिल्लाभर नै निषेधाज्ञा जारी गरेको हो । हालसम्म देशभरमा सबैभन्दा बढी बाँकेमा कोरोना संक्रमित रहेको छन् ।
एउटै गाउँपालिका नरैनापुरमा मात्रै डेढ सयको हाराहारीमा कोरोना संक्रमित रहेका छन् । बाँकेमा संक्रमितको संख्या बढ्दै गएपनि लकडाउन उल्लंघन गर्ने क्रम पनि बढेपछि प्रशासनले निषेधाज्ञा नै जारी गर्नु परेको हो ।
आजसम्म देशभर कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । आज मात्रै ११४ जना कोरोना संक्रमित थपिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























