प्रदेश १

सेवामा खटिएका प्रहरी हवल्दारको मृत्यु

Banner

सोलुखुम्बु,बैशाख ७-

सेवामा खटिएका प्रहरी हवल्दारको आज मृत्यु भएको छ । अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज शिवप्रसाद भट्टराईको बिहान करीब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिनुभयो ।
लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएकामा बेहोश हुँदाहुँदै मृत्यु भएको हो ।

भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा दुई छोरा र एक छोरी छन् । अहिले उनको शव घर पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>