देश/प्रदेश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५५७ जनालाई कारबाही

०
Banner

काठमाडौं,कात्तिक २७-

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०६, सिसिटिभिमार्फत २५, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ८४, हर्न निषेधमा २, अवस्था ठिक नभएको ९ जना र अन्यमा २८९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>