देश/प्रदेश

छठको छिट्टा : डोमले बनाउँछन्, मुस्लिमले ओसार्छन्, हिन्दूले अर्घ दिन्छन्

०
Banner

काठमाडौँ,कात्तिक २७ –

छठ पर्व सुरु भएसँगै बजारमा बाँसबाट बनेका छिट्टा बिक्रीका लागि ओसार्ने चटारो बढेको छ । काठमाडौंको बल्खुमा एक मुस्लिम व्यापारी छठमा प्रयोग हुने छिट्टा बिक्रीका लागि ओसार्दै गरेको देखिन्छन् ।

छठ पर्वमा पूजाका सामग्री तथा अघ्र्यका सामान ओसार्न प्रयोग गरिने बाँसबाट बनेको ‘छिट्टा’ले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सहअस्तित्वको सन्देश पनि बोकेको छ ।

विशेषगरी मधेसमा डोम समुदायले बाँसबाट छिट्टा, ढकिया, नाङ्लोलगायत पूजाका सामग्री बनाउँदै आएका छन् । मुस्लिम समुदायका व्यापारीले यस्ता सामग्री बजारसम्म पु¥याएर बिक्री गर्ने गरेका छन् भने हिन्दू समुदायका व्रतालुले छठ पूजामा तिनै सामग्री प्रयोग गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने गर्छन् ।

छठ पर्वमा बाँसबाट बनेका सामग्रीको विशेष महत्व हुन्छ । छिट्टामा फलफूल, प्रसाद तथा पूजाका सामग्री राखेर घाटसम्म पु¥याउने गरिन्छ । पुस्तौँदेखि डोम समुदायले यस्ता सामग्री निर्माण गर्दै आए पनि बजारमा पु¥याउने र उपभोक्तासम्म पु¥याउने काममा अन्य समुदायको समेत सहभागिता रहने गरेको छ ।

छठ पर्वलाई धार्मिक आस्थासँगै सामाजिक सद्भाव, सहिष्णुता र समावेशिताको पर्वका रूपमा पनि लिइन्छ । एउटै घाटमा विभिन्न जातजाति र समुदायका मानिस एकै ठाउँमा भेला भएर सूर्यको उपासना गर्ने परम्पराले जातीय तथा धार्मिक विभेदभन्दा माथि उठेर सहअस्तित्वको सन्देश दिन्छ ।

यसरी छठको एउटा छिट्टाले डोम समुदायको सीप, मुस्लिम समुदायको व्यापार र हिन्दू समुदायको आस्थालाई एउटै सांस्कृतिक परम्परामा जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>