वागमती

रुखबाट लडेका गम्भिर घाइतेलाई सरकारले हेलिकप्टरबाट उद्धार गर्‍यो

Banner

रसुवा,बैशाख ७-

घाँस काट्न जाँदा रूखबाट लडेर टाउकामा गम्भीर चोट लागेका एक युवकलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ । रसुवा जिल्ला अस्पताल धुञ्चेका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलका अनुसार लडेर घाइते भई उपचारमा आएका नौकुण्ड गाउँपालिका घर भई धुञ्चेमा बसोबास गर्ने १८ वर्षीय सुवास तामाङलाई यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो ।

जंगलमा घाँस काट्ने क्रममा रूखबाट लडेका उनलाई अर्थ सङ्कलन गरेर प्रजिअ अर्जुन भण्डारीको पहलमा हेलिकोप्टर चार्टर गरी पठाइएको आफन्त काजी तामाङले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>