नवलपुर

कोरोना बिरुद्ध लड्न गैडाकोटका मेयरले आफु चढ्ने गाडी प्रहरीलाई दिए

Banner

गैडाकोट,चैत ११-

गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले कोरोनाको संक्रमण बिरुद्ध लड्न आफुले चढ्दै आएको गाडी केही समयका लागि प्रहरीलाई दिएका छन् । उनले चढ्दै आएको बा २ झ ३४०४ नम्वरको गाडी प्रहरीलाई दिएका हुन् । उनले प्रहरीसंग स्रोत साधनको अभाव रहेकाले आफुले चढ्दै आएको बताए ।

लकडाउनको समयमा पनि प्रहरीका लागि सवारीसाधनको आवश्यकता पर्ने भएका कारण गाडी दिएको उनले जानकारी दिए । गैडाकोट नगरपालिका भित्रका नागरिकलाई यो समयमा घर बाहिर ननिस्कन उनले अपिल समेत गरेका छन् । उनले गैडाकोट नगरभित्र यदि कसैलाई कोरोनाको संक्रमण भेटिए नगरपालिकाले उपचारको व्यवस्था गर्ने बताए ।

इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख चन्द्र बहादुर थापाले नगरबासीको सेवा गर्नका लागि यो समयमा धेरै स्रोत साधनको आवश्यकता पर्ने भन्दै मेयर पौडेलले गाडीको साँचो प्रहरीलाई बुझाएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>