अन्तर्राष्ट्रिय
काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते
०

नयाँ दिल्ली, फागुन ११-
भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।
भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
काश्मिरको कथौ जिल्लाको माल्हार क्षेत्रमा शनिबार बेलुका उक्त दुर्घटना भएको हो । घाइते तथा मृत्यु भएका मध्ये केही महिला र बालबालिका रहेका छन् ।
दुर्घटना भएको सवारी साधनमा १४ जना यात्रु रहेका थिए भने सवारी साधन तिव्र गतिमा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको बताइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























