चितवन विशेष

भरतपुर अस्पताल नर्सिङ कलेजमा अध्ययनरत सन्तोषी श्रेष्ठ ३ दिनदेखि बेपत्ता

Banner

चितवन, असार १६–

भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत गैंडाकोटकी सन्तोषी श्रेष्ठ तीन दिनदेखि बेपत्ता भएकी छन् ।

घरबाट असार १४ गते निस्किएकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजी कार्यमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।
तनहुँ बन्दिपुर गाउँपालिका-४ घर भई हाल गैंडाकोट नगरपालिका–२ मा बस्दै आएकी २८ वर्षीया सन्तोषी असार १४ गते साँझ करिब ८ बजे बा.प्र. ०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन् । खोजतलासका क्रममा उक्त स्कुटर देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको छ भने हालसम्म श्रेष्ठको कुनै अत्तोपत्तो लागेको छैन।

उनलाई कतै देख्नुभएको, भेट्नुभएको वा उहाँ सम्बन्धी कुनै जानकारी प्राप्त गर्नुभएको छ भने नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन प्रहरीले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>