देश/प्रदेश

कबाडी बोकेका १० वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

Banner

काठमाडौँ, १६ असारः

सशस्त्र प्रहरी बलले ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ ।

आवश्यक कागजपत्रबिना कबाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई आज साँझ सानेपाबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण रेजिमेन्टले नियन्त्रणमा लिएको ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>