Breaking News

चितवनको पर्यटनमा बालेन सरकारले छुट्यायो १ अर्व १८ करोड, कुन योजनामा कति बजेट?

Banner

चितवन, असार १३-

चितवनमा सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । पर्यटन मन्त्रालयले अगामी आर्थिक वर्ष २०८३/०८४को वार्षिक १ अर्ब १८ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । यो रकम संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटन क्षेत्रमा विनियोजन गरेको सबैभन्दा बढी रकम हो । चितवन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला समेत हो ।

चितवनमा विनियोजित पर्यटन मन्त्रालयको बजेटमध्ये सबैभन्दा धेरै विमानस्थलका लागि छ । भरतपुर विमानस्थलको विस्तार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत ७५ करोड रुपैयाँ र भरतपुर विमानस्थल विस्तारकै प्रयोजनका लागि जग्गाको सोधभर्नाबापत नेपाली सेनालाई दिनुपर्ने २५ करोडसहित १ अर्ब रुपैयाँ यो विमानस्थलमा खर्च गर्न बजेट विनियोजन भएको छ । विमानस्थलका लागि छुट्याइएको यो बजेट सरकारले सेयर तथा ऋण लगानीका रूपमा खर्च गर्न लागेको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रममा उल्लेख छ ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रममा १८ करोड रुपैयाँ खर्च गर्ने गरी चितवनका लागि थप ७ वटा कार्यक्रम तय भएका छन् । यस्ता कार्यक्रमका लागि माडीको अयोध्याधाम बृहत्तर धार्मिक परियोजनाका लागि ७ करोड, राममन्दिर देवघाट त्रिवेणीधामका लागि ५ करोड, चितवनमा पुतली बगैँचा (ब्युटी गार्डेन) बनाउन ३ करोड, साइकल ट्रेलका लागि ३ करोड, त्रिपुरासुन्दरी भगवती मन्दिर बनाउन ४० लाख, साइकल ट्रेल र जङ्गल सफारी सम्भाव्यता अध्ययनका लागि १६ लाख रुपैयाँ विनियोजन भएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा ऐतिहासिक सम्पदाको पुनर्निर्माण, विमानस्थल विस्तार र नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचानलाई प्राथमिकता दिइएको भए तापनि बजेट खर्चका हिसाबले भने चितवनमा बढी बजेट विनियोजन भएको देखिएको हो । बागमती प्रदेशको प्रमुख पर्यटकीय हब चितवनमा यस वर्ष ठूला परियोजनाहरू सञ्चालन गर्न नयाँ पर्यटकीय गतिविधीमा खर्च गर्न लागिएको उल्लेख छ । आगामी आर्थिक वर्षमा चितवन जिल्लालाई धार्मिक, साहसिक र प्रकृतिको संगमस्थलको रूपमा विकास गर्न मन्त्रालयले उल्लेख्य बजेट विनियोजन गरेको देखिएको छ । बजेटका हिसावले चितवनमा धेरै बजेट देखिएको भएपनि कार्यक्रममा हिसावले भने पोखरमा पर्यटन मन्त्री खडक राज पौडेलले बजेट लगेका छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>