अन्तर्राष्ट्रिय

कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३६० पुग्यो, वुहानमा ४ हजार शैयाको अस्पताल बन्दै

Banner

बेइजिङ, १० फागुन-

प्राणघातक कोरोना (कोभिड–१९) भाइरसका कारण हालसम्म ज्यान गुमाउनेको संख्या दुई हजार ३६० पुगेको छ । कोरोनाबाट हालसम्म ७६ हजार २८८ मानिस संक्रमित भइसकेका छन् ।

गत वर्षको अन्त्यमा हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको याे भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भएपनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ।

युरोपेली मुलुक इटालीमा पनि कोरोना भाइरसका कारण शुक्रबार एक जनाको ज्यान गएको छ । इटालीयन टेलिभिजन आरएआईका अनुसार उत्तरी भेनेतो क्षेत्रका ७८ वर्षीय वृद्धको कोरोना भाइरसका कारण मृत्यु भएका छ ।

चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पतालको स्वरूप दिई सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले शुक्रबार जानकारी गराएको छ।

इटालीमा कोरोना भाइरसका कारण मृत्यु भएको यो पहिलो घटना हो । चीनबाट फर्केका ३८ वर्षीय इटालियन युवामा पहिलो पटक जनवरी २१ मा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । शनिबार बिहानसम्म इटालीमा २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसैबीच चीनमा कोरोना भाइरसको संक्रमण बिस्तारै कम हुँदै गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । शुक्रबार थप १०९ जनाको मृत्यु भएको तथा थप ३९७ जनामा संक्रमण देखिएको स्वास्थ्य आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>