प्रचलन

पशुपतिनाथमा हजारौँ दर्शकहरुको भीड (तस्बिरसहित)

Banner

काठमाडौँ, फागुन ९–

आज कृष्ण चतुर्दशी । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व देशभरी मनाइँदै छ । आज बिहानैदेखि धर्मवलम्बीहरु नदी, कुण्ड र तलाउनमा स्नान गरी शिवालयमा गएर पूजा आराधना गर्ने गर्दछन् ।

काठमाडौँको पशुपतिनाथमा हजारौँ दर्शकहरुको भीड लागेको छ । बिहान तीनबजेदखि पशुपतिका चारवटै ढोका खुला गरिएको थियो । दर्शनका लागि चारवटै ढोकाबाट मिल्ने गरी लाइनबाट मन्दिरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ । त्यहाँ सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । विगत वर्षहरुभन्दा यो वर्ष राम्रो व्यवस्थापन रहेको दर्शनार्थीहरुले प्रतिक्रिया दिएका छन् ।

पशुपतिमा बाबाहरु गाँजा तथा भाङ धतुरो सेवन गरिरहेका छन् । उनीहरुलाई गाँजा सेवनमा निषेध गरिएको छैन । तर बिक्रि वितरणमा भने रोक लगाइएको प्रहरीको भनाई छ ।

धेरैको उद्देश्य शिवको दर्शन भन्दा पनि शिव बुटी अर्थात् गाँजा, भाङ र धतुरो खानु हुन्छ । तर यसपटक भने गाँजा बेचविखनमा प्रहरीले कडाइ गरेको छ । तर पनि युवापुस्ता नागा बाबा र साधुको वरिपरि झुमिरहेका हुन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>