समाचार

दीगो लक्ष्य हासिलपछि खुसी हुने नेपालीको आकांक्षा पूरा हुनेछ : प्रधानमन्त्री ओली

Banner

काठमाडौं,  फागुन ७-

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिसामा सरकार लागि रहेको बताएका छन् ।

सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए ।

‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्ने, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेका छन्,’ ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘सरकारको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौं ।’

बुधबार ७० औँ प्रजातन्त्र दिवसका अवसरमा टँुडिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरन्नोती गर्ने र सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा रहेको बताए ।

गर्नुपर्ने कामहरूको सूची लामो भएको उल्लेख गर्दै उनले सरकारले समृद्धिको दिशातर्फको यात्रा थालेको बताए । समृद्धिको यात्रामा अघि बढेको सरकारले केही काम सुरु गरेको, केही सुरु हुने अवस्थामा रहेको र केही सम्पन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

आफ्नो सम्बोधनको अधिकांश समय समृद्धिका विषयमा खर्चेका प्रधानमन्त्रीले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार रहेको जानकारी दिए । दीगो लक्ष्य हासिलपछि खुसी हुने नेपालीको आकांक्षा पूरा हुने उनको भनाइ छ ।

‘सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार छ,’ प्रधानमन्त्री ओलीले अगाडि थपे, ‘दीगो लक्ष्य हासिलपछि खुसी हुने नेपालीको आकांक्षा पूरा हुनेछ ।’

एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

बुधबार प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम भएको छ । कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरेका छन् । कार्यक्रममा प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिलगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागी भएका थिए ।

प्रधानमन्त्री ओलीले कूटनीतिमा वर्तमान सरकारले सफलता हासिल गर्दै गएको दाबी पनि गरे । यही सफलताका कारण विश्व मञ्चमा नेपाल सुनिन थालेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>