Breaking News

देशभर फैलियो मनसुन

Banner

काठमाडौँ, १६ असार :

पूर्वी भूभाग (कोसी प्रदेशका केही भूभाग)बाट प्रवेश गरेको यस वर्षको मनसुन मंगलबार (असार १६)देखि देशभर फैलिएको छ ।

यस वर्षको मनसुन यही असार ५ गते कोसी प्रदेशका विभिन्न क्षेत्रबाट नेपाल भित्रिएको थियो ।

जल तथा मौसम विज्ञान विभागले मनसुन आगमन बुलेटिन जारी गर्दै यस वर्षको मनसुन प्रणाली मंगलबारबाट देशभर फैलिएको जनाएको छ ।

“नेपालमा यस वर्षको मनसुन मिति २०८३/०३/०५ गते देशको पूर्वी भूभागबाट प्रवेश गरी कोसी प्रदेशको केही भूभागमा विस्ता भएकोमा मिति २०८३/०३/०८ गते कोसी प्रदेशको बाँकी सम्पूर्ण भूभाग, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा प्रवेश भएको थियो,” विभागले जारी गरेको बुलेटिनमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>