चितवन विशेष
हेल्थ अवार्डबाट नौं पत्रकार सम्मानित

चितवन, माघ २५-
लायन्स बाल क्यान्सर स्वास्थ्य दर्पण हेल्थ अर्वाड–२०७६ बाट चितवनका दुईसहित ९ पत्रकार सम्मानित भएका छन् ।
पत्रकारिताको माध्यमबाट स्वास्थ्य क्षेत्रमा पर्याएको योगदानको उच्च मूल्यांकन गर्दै आज भरतपुरमा चितवनका दुई सहित नौं जना पत्रकार सम्मानित भएका हुन् ।
सम्मानित हुने चितवनका पत्रकारहरुमा सूर्यप्रसाद अधिकारी र सुवास पण्डित रहेका छन् । यस्तै सात प्रदेशबाट सात पत्रकार र चितवनका दुई पत्रकार सम्मानित भएका हुन् । प्रदेशबाट लिलावल्लभ घिमिरे, प्रदेश २ बाट बृजकुमार यादव , वाग्मती प्रदेशबाट दिपक आचार्य, प्रदेश ४ बाट होमराज रानाभाट रहेका छन् । यस्तै प्रदेश ५ बाट दिपेन्द्र बडुवाल, कर्णाली प्रदेशबाट चिरन्जिवी अर्याल र प्रदेश नम्बर ७ बाट उन्नती चौधरी सम्मानित भएका छन् .
चार चिकित्सक र नर्स सम्मानित
लायन्स बाल क्यान्सर स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट चार चिकित्सक पनि सम्मनित भएका छन् ।
सम्मानित हुने चिकित्सकहरुमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर कृष्णसागर शर्मा, डा. भोलापु रौनियार, डा. प्रकाशराज न्यौपाने र डा. मदन कुमार पिया रहेका छन् । उनीहरुलाई क्यान्सर रोग उपचार र सेवामा उल्लेखनीय योगदान दिएको भन्दै सम्मानित गरिएको हो ।
संस्थागत रुपमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरलाई सम्मान गरिएको छ । यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत नर्स सविना दाहाल पनि सम्मानित भएकी छिन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बी २ नेपालका द्वितिय भाईस दिष्ट्रिक्ट गभर्नर लायन रामप्रसाद भट्टले सम्मान गरेका थिए ।
























