क्रिकेट

सीपीएल क्रिकेटः सौराहाले १३ जना स्थानिय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

Banner

चितवन,माघ १४-

सिएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि – २० क्रिकेट प्रतियोगिताको तयारीमा रहेको सौराहा स्याण्ड्सले १३ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ । आज (मंगलबार) सपन्न ट्यालेन्ट हन्टबाटबाट सौराहाले १३ जना स्थानिय खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

सन्दीप बस्याल, शिशिर पौडेल, रोहन शर्मा, सौगात गुरुङ, ड्यानियल गुरुङ र शुवर्ण भट्टलाई क्लबले बन्द प्रशिक्षणमा बोलाएको छ । यस्तै सन्तोष पौडेल, कुशल चौधरी, पवन थापा, राजेश लम्साल,सैलेश पौडेल,पदम सुनार र आशिष रल्जावतलाई पनि बन्द प्रशिक्षणमा बोलाएको सौराहाका मुख्य प्रशिक्षक अनिल अधिकारीले जानकारी दिए ।

बन्द प्रशिक्षणबाट ३ जना टिममा छनौट हुने अधिकारीले बताए । सहभागी अन्य टिमहरु पनि ट्यालेन्ट हन्टको तयारीमा रहेका छन् । माडी टाइगर्सले बुधवार ट्यालेन्ट हन्ट गर्ने टिम मालिक अमित लामाले जानकारी दिए ।

यसैबीच सौराहाले अण्डर १९ राष्ट्रिय टोलीबाट २ जना खेलाडीलाई टिममा अनुबन्ध गरेको छ । सौराहले अण्डर १९ राष्ट्रिय टोलीका कप्तान समेत रहेका रित गौतम र अलराउण्डर आकाश चन्दलाई मंगलबार टिममा अनुबन्ध गरेको हो । नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजना तथा चितवन क्रिकेट संघको सह आयोजनामा १७ गतेबाट शुरु हुने प्रतियोगितामा ५ वटा टिमहरु सहभागी हुनेछन् ।

प्रतियोगिताको बिजेताले २ लाख तथा उपबिजेताले एक लाख रुपैया प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीसहित बेस्ट बलर, ब्याट्सम्यान र अलराउण्डरलाई अवार्ड प्रदान गरिने आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि. का प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए ।प्रतियोगिताको उत्कृष्ट बलर, ब्याट्सम्यान र अलराउण्डरले ईपीएलमा चितवन टाइगर्सबाट खेल्न पाउने सम्झौता भएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>