नवलपुर

नवलपुरका दुई एनसेल टावरमा आगजनी

Banner

नवलपुर,माघ १३-

पूर्वी नवलपरासीका दुई एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । आइतबार राती बौदीकाली गाउँपालिका २ को कोटथरमौला र कावासोती नगरपालिका १७ बुनौलीमा रहेका एनसेल टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निरीक्षक एंव सूचना अधिकृत गणेशबहादुर नराल क्षेत्रीले जानकारी दिए ।

टावरमा आगजनी भएको खबर पाएपछि प्रहरीको टोली त्यस स्थानमा पुगेको थियो। एनसेल टावर रहेको कम्पाण्डको ताला फोडेर आगजनी गरिएको हो । जुटको बोरामा मट्टितेल राखेर गरेको आगजनीबाट जेनेटर र मेसिनमा क्षति पुगेको प्रहरी निरीक्षक क्षेत्रीले बताए। स्थानीयको सहयोगमा समयमा आगो नियन्त्रण लिएकाले थप क्षति हुन नपाएको उनले जानकारी दिए । आगजनी गर्ने व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। आगजनी विप्लव समूहले गरेको हुन सक्ने आशंकका प्रहरीको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>