नवलपुर

गैँडाकोटमा एकसय ७ वर्षीय सापकोटा सम्मानित

Banner

गैँडाकोट,माघ १३-

नवलपरासी गैँडाकोट–८ निवासी १०७ वर्षीय भूमिश्वर सापकोटा सम्मानित भएका छन । श्रीवैष्णव परिषद् नेपाल, नवलपुर शाखाले सम्प्रदायकै ज्येष्ठ नागरिकका रुपमा शनिबार उनलाई सम्मान अर्पण गरेको हो ।

बागलुङ दमेकम विसं १९७१ मा जन्मिएका सापकोटा शतवार्षिक अभिनन्दनबाट सम्मानित भइसकेका छन । उनले विसं २०२८ बाट गैँडाकोटलाई कर्मक्षेत्र बनाएका थिए ।

भागवत चिन्तनमा आस्था राख्ने उनी विसं २०३९ मा चितवन लङ्कु निवासी रामानुज सम्प्रदायका विशिष्ट आचार्य विद्वान् श्री १००८ स्वामी श्रीधराचार्यजी महाराजबाट वैदिक विधिअनुसार श्रीवैष्ण सम्प्रदायमा प्रवेश गरेका थिए । सम्प्रदायकै ज्येष्ठ नागरिक भएकाले उनलाई सम्मान गरिएको जिल्ला शाखा नवलपुरका निवर्तमान अध्यक्ष टीकाराम कँडेल माधवले बताए। उनका छोरा तिलक सापकोटाले नैतिकता र आचारण सिकाउँदै समाजलाई सत्मार्गमा डोहो¥याउन आवश्यक रहेको बताए। श्रीवैष्णव परिषद् नेपाल, जिल्ला शाखा नवलपुरको अध्यक्षमा स्वामी लक्ष्मणाचार्य चयन भएका छन । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>