नवलपुर

कावासोतीमा तीन महिने निःशुल्क सिलाइ कटाइ तालिम

Banner

नवलपुर, माघ ६-

महिलामा सीप विकास गरी आय आर्जनसँग जोड्नका लागि तीन महिने निःशुल्क सिलाइ कटाइ तालिम कावासोतीमा सुरु भएको छ ।

कावासोती नगरपालिका–१६ का महिलाहरुका लागि निःशुल्क सिलाइकटाइ तालिम सुरु गरिएको हो । असल छिमेक नेपालको आर्थिक सहयोग र मध्यबिन्दु टेक्निकल इन्सिच्युटको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । तालिमको सोमबार कावासोती नगरपालिका उपप्रमुख पे्रमशंकर मर्दनिया थारुले उद्घाटन गरेका हुन् । कार्यक्रममा उपप्रमुख थारुले सिकेको सिपको सदुपयोग गर्दै आर्थिक अवस्था सुधारमा लाग्न आग्रह गरे ।

असल छिमेक नेपालले महिलाको सिपको विकास गर्दै उनीहरुलाई आर्थिक रुपमा बजबुत बनाउन तालिमको आयोजना गरेको असल छिमेक नेपाल कावासोतीका म्यानेजर पुरन सोती मगरले बताए । तालिममा कावासोती नगरपालिका भित्रका विभिन्न वडाका १५ जना महिलाको सहभागिता रहेको छ ।

तीन महिनासम्म सञ्चालन हुने तालिमको उद्घाटन कार्यक्रम मध्यबिन्दु टेक्निकल इन्सिच्युटका अध्यक्ष केदार बास्तोलाको अध्यक्षता तथा कावासोती नगरपालिका उपप्रमुख पे्रमशंकर मर्दनिया थारुको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा असल छिमेक नेपाल कास्की पोखराअन्तर्गत कावासोतीका म्यानेजर पुरन सोती मगर, कार्यक्रम संयोजक रोशनी गुरुङलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>