नवलपुर

नवलपुरका अहेब एक महिलालाई बलात्कार गरेर फरार

Banner

नवलपुर, माघ ६-

एक महिलालाई ‘जबरजस्ती करणी’ गर्ने अहेब फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार बुलिङटार –४ अर्खला स्वास्थ्य चौंकीमा अहेव छैठौं तहमा कार्यरत टोक बहादुर सुस्लिङले गत बिहीबार साँझ ती महिलालाई जवरजस्ती करणी अभियोगमा मुद्दा चलाएको छ ।

४० वर्षीय महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा जाहेरी दर्ता भएको र अहेब सुस्लिङलाई पक्राउ गर्न प्रहरी खटिएको छ । जिल्ला प्रहरी कार्यालय कावासोतीमा प्रहरी उपरीक्षक मोहन पोखरेलले भने, ‘घटना थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थल पठाएको छ ।’ पीडित महिलाको स्वास्थ्य जाँचसमेत गरिएको प्रहरीले जनाएको छ । घटना प्रहरी कहाँ पुगेको तिन दिनसम्म पनि आरोपित पक्राउ नपर्नु दुःखद् भएको स्थानीयले बताएका छन् ।

प्रहरीले खोजतलासी गर्न ढिला गर्न नहुने महिला अगुवा लीला भण्डारीले बताइन् । घटना गाउँमै माफ मगाउने र २० हजार दिएर मिलापत्र गर्ने धम्की दिएपछि हामी प्रहरीको शरणमा आएका हौं । पीडित महिलाका श्रीमानले भने, ‘ अहिले पनि त सँग मुद्दा लड्ने पैसा छैन मुद्दा फिर्ता लिई भन्दै पीडकका आफन्तहरुले दबाब दिएका छन् ।’

पीडकलाई पक्राउ नगर्दा हामी माथि दबाब र धम्की आएका छन्, जति छिटो प्रहरीले उसलाई पक्राउ गर्नुप¥यो श्रीमान्ले भने, ‘मेरा लागि खाना लिएर आएकी श्रीमतीलाई एक्लै पारेर जबरजस्ती गर्नेलाई कारबाही हुनुपर्छ’ । मेरो श्रीमतीलाई उल्टै कान्छी बनाउन लैजान्छु तँलाई पैसा दिन्छु भनेर आएका छन् अन्यायमा परेकाले न्याय पाइँदैन ? उनले भने, ‘दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।’ गाउँमा पहिला–पहिला पनि यस्ता घटना घट्दा गाउँले बसेर मिलापत्र गर्न जनपतिनिधिहरुले दबाब दिने गरेकाले आरोपितहरुको मनोबल बढ्ने गरेको स्थानीयबासीको भनाइ छ । कानूनी रुपमा दोषीलाई कारबाही हुने अवस्था आउनुपर्छ बुलिङटारका यमबहादुर सारुले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>