नवलपुर

गैडाकोटमा १३ जनाको सामुहिक बेल विवाहा

Banner

चितवन माघ ५

नेवा मिसा गैडाकोट नगरसमितिको आयोजनामा दुई दिने सामुहिक बेल विवाह सम्पन्न भएको छ ।

श्रीराम पार्टी प्यालेस गैडाकोटमा माघ ३,४ गते भएको दुई दिने बेल विवाहमा १३ जना कन्याको सहभागिता रहेको थियो । सो कार्यक्रमको शुभारम्भ गैडाकोट नगरपालिकाका उपमेयर विष्णुकुमारी कंडेल सापकोटा गरेकी थिइन । सापकोटाले नेवारी संस्कृतिको संरक्षणमा नेवा मिसा दबू नगरसिमितको प्रशंसा गर्दै महिलाहरूले यस्ता सामाजिक कार्यहरूमा अग्रसर भएर अगाडि बढनु पर्ने सुझाव दिइन ।
सो कार्यक्रमको भक्तपुर निवासी नेवारी पण्डित हरशरण राजोपाध्यायज्यूले बेल विवाहको सम्पूर्ण कर्म गराएका थिए ।
कार्यक्रममा नेवा मिसा दबूका अध्यक्ष सिता श्रेष्ठले नेवारी संस्कृति अनुसार महिलाहरू अगाडि बढनु पर्ने आवश्यकता औल्याउदै यस्तो पवित्र कार्यमा सबैको सहयोगको आवश्यकता रहेको बताइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>