राजनीति

प्रचण्डले भनेः १७ हजार मारेको होइन, ५ हजारको जिम्मा लिन्छु

Banner

काठमाडौं,माघ १-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका क्रममा मारिएका सबै १७ हजारजनाको हत्या आरोप आफूमाथि लगाएको भन्दै गुनासो गरेका छन्। काठमाडौँमा आयोजित थारु राष्ट्रिय माघी महोत्वसलाई बुधबार सम्बोधन गर्दै उनले राज्यबाट मारिएका १२ हजार मान्छेको हत्या आरोप पनि आफैंमाथि लागको भन्दै गुनासो गरेका हुन्।

‘मैले १७ हजार मान्छे मारेर आएको भन्‍ने गरिन्छ, त्यो सत्य होइन, हिजोको सामन्ती राजाहरुले १२ हजारको हत्या गरे।त्यसको कसैले वास्ता नै गरेन’, उनले भने, ‘जनयुद्धको जिम्मा मेरो हो। तर, १७ हजार होइन ५ हजारजना मारिएको जिम्मा म लिन्छु ।’ राज्यबाट मारिएका १२ हजार पनि आफ्नै टाउकोमा हालेको कुरा मान्य नहुने उनले प्रष्ट्याए। नगरेको कामको कुनै पनि हालतमा आफू जिम्मा लिन तयार नहुने दाहालले बताए। उनले टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त तथा राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरी चाँडै छुट्ने पनि विश्वास दिलाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>