देश/प्रदेश

सीमा बचाऊ अभियानले भन्यो: नेपालको आधिकारिक नक्सा सार्वजनिक नगरे आन्दोलनमा जान्छौं

Banner

काठमाडौँ, पुस २९-

कालापानी र लिम्पियाधुरासमेत समावेश गरी नेपालको नक्सा सार्वजनिक गरेको सीमा बचाऔँ अभियानले आज सुस्तासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपालको सम्पूर्ण भूभाग समावेश गरी नक्सा सार्वजनिक गर्दै अभियानले सरकारसँग आधिकारिक नक्सा सार्वजनिक गर्न माग गरेको हो ।  अभियानले नयाँ नक्सालाई देशव्यापी बनाउने जानकारी दिएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नक्सा हस्तान्तरण गरी कुटनीतिक पहलबाट समस्या समाधान गर्न अनुरोध गर्ने निर्णयसमेत गरिएको उनले जानकारी दिए । सार्वजनिक गरिएको नक्सालाई विश्वविद्यालय र विद्यालयका विद्यार्थीहरुका माझ वितरण गरिने अभियानले जनाएको छ ।

अभियानका संयोजक भैरव रिसालले सरकारसँग नक्सा जारी गर्न माग गरे । ‘कि त हामीले तयार पारेको नक्सा बेठिक भन्नुप¥यो कि सार्वजनिक गर्नुप¥यो,’ रिसालले भने, ‘देशको अतिक्रमित भूभाग समावेश गरी राज्यले तत्काल नक्सा सार्वजनिक गरोस् ।’ वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्सा सार्वजनिक गर्न अलमल गरिरहेको भन्दै आलोचना गरे । उनले प्रश्न गरे, ‘देशको नक्सा सार्वजनिक गर्न सरकारलाई के ले रोक्यो ?’ सरकारले नक्सा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउने चेतावनी दिए । सरकारलाई जनस्तरबाट व्यापक दबाब सृजना गर्न आग्रहसमेत गरे । यस विषयलाई लिएर गाँउगाँउमा कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिए ।

पूर्वसचिव द्वारिका डुंगेलले सरकासँग तत्काल अतिक्रमित भूभाग समावेश गरी नक्सा सार्वजनिक गर्न माग गरे । नागरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरु सामु प्रस्तुत गरेर सार्वजकि गर्न माग समेत गरिसकेको बताए । नापी विभाग सार्वजनिक गर्न स्वीकारे पनि भूमि सुधार मन्त्रालयले नमानेको कारण अहिलेसम्म नक्सा सार्वजनिकन भएको बताए । उनले भने, ‘प्रधानमन्त्री केपीशर्मा आली र भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीबीचभएको कुराकानीले वैज्ञानिक आधारबाट सीमाको समस्या समाधान गरी निष्कर्षमा पु¥याउने भनिएकोमा त्यसबारे अझै कुनै ठोस पहल किन भइरहेको छैन ?’

परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई अहिलेसम्म सरकारले प्रकाशित नगरकोमा प्रश्न गरे । सीमा बचाउने र आफ्नै नक्सा जारी गर्ने मामलामा सरकार उदासिन रहेको भन्दै आलोचना गरे । दार्चुलास्थित व्यास गाउँपालिकामा देशभित्रबाट नै पुग्ने बाटो नभएर भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था आउँदा भारतीय सेनाले अप्ठ्यारो पार्ने गरेको भन्दै तत्काल बाटो निर्माणको माग गरे । यसबारे गृह मन्त्रालयलाई आग्रहसमेत गरिएको उनको भनाइ थियो ।

प्रा.डा नरेन्द्र खनालले अभियानले जारी गरेको नक्सा सरकारलाई सार्वजनिक गर्नुपर्ने बताए । नेपाल र भारतबीचको सीमानामा रहेको सुस्ता ठूलो क्षेत्रफलको रहेको खुलाए । मेची क्षेत्रको सीमा विवादमा भारतले मानी सकेको उनको भनाइ थियो । तर, पश्चिमम महाकाली क्षेत्रको सीमा विवाद र सुस्ताको विषय अझै समाधान नभएको बताए । कालापानी र सुस्ताको विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । सीमा बचाऊ अभियानको कदमले सरकारमाथि दबाब बढ्ने बताए ।

वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुसालले सरकारले नक्सा सार्वजनिकन गरे देशव्यापी अभियानमा जाने बताए । देशको अतिक्रमित भूभागसहितको नक्साका लागि देशव्यापी आन्दोलनमा जान बाध्यहुने उनले बताए । देशको भूमि एक इन्च पनि अतिक्रमित हुन नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भूभागसहितको नक्सा सरकारले जारी गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>