राजनीति
काँग्रेस नेता केसीको चेतावनीः बहुमतको दम्भ देखाएर विधान मिच्ने ?
०

पोखरा,पुस २०-
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले बहुमतको आधारमा विधानलाई लत्याउने काम अस्वीकार्य हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीभित्र बहुमतको दम्भ देखाएर पार्टी सभापति देउवाले बहुमतका आधारमा विधान मिच्न खोजेको बताउनुभयो ।
पार्टी भित्रको विवाद अन्त्य गर्दै समाधानको विन्दु निकाल्नुपर्नेमा जोड दिँदै उहाँले पार्टी पुनः एक ढिक्का भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकारले लोकतन्त्रको विधि र मर्ममाथि प्रहार गरिरहेको नेता केसीले आरोप लगाउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























