नवलपुर

केदारनाथका पिठाधिश नवलपुरको चोरमारा आउने

Banner

नवलपुर, पुस १२-

केदारनाथका पिठाधिश शिवाचार्य महाराज नवलपुरको चोरमारामा आउने भएका छन् ।

मध्यबिन्दु नगरपालिका वडा नं.७ चोरमारा स्थित नवजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको धनधान्याचलमा केदारनाथका पिठाधिश शिवाचार्य महाराज आउन लागेका हुन्। विश्वका सनातन धर्मालम्बीले पाँच जना शिवाचार्यलाई पुज्ने गर्दछन् । चोरमारा आउन लागेका शिवाचार्य यीनै पाँच मध्येका एक हुन् ।

उनी मकर सक्रान्तिका दिन देवघाटमा स्नान गरी नवजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमद्भागवत पितृ मोक्ष एवं धनधान्याचल विराट ज्ञानमहायज्ञमा आउने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

भारतको केदारनाथबाट चार्टर गरेर उनी देवघाटमा स्नान गर्न जानेछन्, त्यसपछि सिधै यज्ञमा आउने कार्यक्रम छ । महायज्ञ मुल आयोजक समितिका संयोजक चेतनाथ तिवारीका अनुसार शिवाचार्य माघ १ गतेदेखि ५ गतेसम्म महायज्ञमाबस्ने कार्यक्रम रहेको छ । शिवाचार्य महाराजलाई राख्नका लागि विशेष ब्यवस्था मिलाइएको छ भने देश विदेशका धर्मानुरागी महानुभाव उनको दर्शनका लागि आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षाको पनि उचित प्रबन्ध मिलाईएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तुलसीराम तिवारीले जानकारी दिए ।

भारतका वैदिक सनातन धर्मावलम्बीले शिवाचार्य महाराजलाई भगवानकै रुपमा पुज्ने गर्दछन् । उनी क्याम्पसद्वारा आयोजित धनधान्याचलमा आउने भएपछि आयोजकले तयारीलाई व्यापक गराएको छ । नवजागरण बहुमुखी क्याम्पसका प्रधान संरक्षक विष्णुकुमार कार्कीका अनुसार शिवाचार्य महाराजले समस्त पितृको भक्ती मुक्तिका लागि विशेष पूजा गर्नेछन् । केदारनाथका पिठाधिश नै यस ठाउँमा आइसकेपछि पितृ मोक्षका लागि बद्री केदार गईरहन नपरोस् भनेर उनीबाटै पितृ मोक्षका लागि विशेष पूजाको ब्यवस्था गरिएको कार्कीले बताए।

भागवत अलङ्कार पदवीले विभूषित पण्डित नेत्रप्रसाद पराजुलीको प्रमुख बाचकत्वमा नवजागरण बहुमुखी क्याम्पसको प्राङ्गणमा यही पुस २७ गतेदेखी माघ ६ गतेसम्म श्रीमदभागवत पितृ मोक्ष धनधान्याचल एवं विराट ज्ञान महायज्ञ संचालन हुँदैछ । स्नातकोत्तर कक्षा संचालन, स्नातक तहमा प्राविधिक शिक्षा र सुविधा सम्पन्न क्याम्पस संचालनार्थ आयोजना गरिएको महायज्ञमा १५ करोड उठ्ने अपेक्षा आयोजकको रहेको आर्थिक समितिका संयोजक प्रकाश पङ्गेनीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>