देश/प्रदेश

मुख्यमन्त्री पौडेलद्वारा क्रिसमसको शुभकामना व्यक्त

Banner

हेटौँडा, पुस ९-

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली कला एवं संस्कृतिक विविधताले समाजलाई बलियो बनाएको बताएका छन।
इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डेका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले एकताको जगमा टेकेर समृद्धि उन्मुख पाइलालाई गन्तव्यमा पु¥याउनुपर्छ भने ।
“महान् पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु” मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।

सन्देशमा भनिएको छ “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतापूर्ण देश हो । विविधताबीच एकता नै हाम्रो मूल पहिचान हो ।

यसै सन्दर्भमा इसाई समुदायले विशेष महत्वका साथ मनाउने क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु । देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्व, कला एवं संस्कृतिले विविधताबीच नेपाली समाजलाई बलियो बनाएको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न प्रदेश सरकार दृढतापूर्वक लागिपरेको छ । हामी सबैको इमान्दार प्रयास, मेहेनत र प्रतिबद्धताबाट नेपाली जनताको युगौँदेखिको समृद्धिको सपनालाई यथार्थतामा बदल्न सकिन्छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>