क्रिकेट
पीपीएलः बुटवलले काठमाडौंलाई सुपर ओभरमा हरायो
०

पोखरा, मंसिर ३०–
पोखरा प्रिमियर लीग टि–२० क्रिकेट अन्तरगत आज भएको दोस्रो खेलमा बुटवल ब्लास्टर सुपर ओभरमा विजयी भएको छ । सुपरओभरमा बुटवलले दिएको १३ रनको लक्ष्य पछ्याएको काठमाडौं गोल्डेन्स वारियर्सले एक विकेट गुमाएर मात्र २ रन बनाउन सक्यो । बुटवलका लागि सुपर ओभरमा अभिनाश बोहराले उत्कृष्ट बलिङ गरे ।
यसअघि काठमाडौंले ६ विकेटको क्षतिमा १४० रन बनाएको थियो । १४१ रनको लक्ष्य पछ्याएको बुटवल ७ विकेटको क्षतिमा १४० रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























