चितवन विशेष

पत्रकार देउजा सवार कार र मोटरसाइकल ठक्करबारे चितवन प्रहरीले निकाल्यो विज्ञप्ती,भन्योः कार चालकले मादक पदार्थ सेवन गरेको भन्ने हल्ला निराधार

Banner

चितवन, असार ४-

भरतपुर महानगरपालिका–१५ कान्छीचोकमा मोटरसाइकल र कार एकापसमा ठोक्किँदा तीन जना घाइते भएको घटनाबारे सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका केही सूचनाप्रति जिल्ला प्रहरी कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीका अनुसार जेठ २८ गते राति करिब १२ः३० बजे सुर्यनगरबाट कान्छीचोकतर्फ आउँदै गरेको मोटरसाइकल र चनौलीबाट गीतानगरतर्फ जाँदै गरेको कार ठोक्किँदा दुर्घटना भएको थियो । घटनापछि घाइते तीन जनालाई उपचारका लागि भरतपुरस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि कार चालक फुलमाया देउजालाई इलाका प्रहरी कार्यालय चनौलीको टोलीले नियन्त्रणमा लिएर परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको नदेखिएको प्रहरीको विज्ञप्तीमा उल्लेख छ । सो कारमा पत्रकार सन्तोष देउजा पनि सवार थिए । दुर्घटना पश्चात कार चालकले घाइतेहरूको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र क्षतिग्रस्त सवारी साधन मर्मत आ आफैले गर्ने सहमति समेत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त प्रहरी नायव उपरीक्षक चन्द्र भुषन यादवले जानकारी दिनुभयो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा तथ्यहीन र अपुष्ट सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ । दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगर १५ कान्छीचोक बस्ने २२ बर्षिय राम किशोर मुखिया,सोही ठाउँका राम बलक मुखिया र मनि मुखिया घाइते भएको प्रहरीले जनाएको छ । उनिहरु मध्ये चालक राम किशोरको उपचार भइरहेको छ । अन्य दुई जना भने डिस्चार्ज भइसकेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>