Breaking News

चितवनसहित ११ जिल्लामा फैलियो बर्डफ्लु, साढे ५ लाख बढी पन्छी नष्ट

Banner

काठमाडौँ, ९ असारः
चितवनसहित ११ जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको छ । पशु सेवा विभागका अनुसार पछिल्लो तीन महिनाको अवधिमा देशका ८२ स्थानमा बर्डफ्लु पुष्टि भएको हो ।

विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ साल चैत ४ गते मोरङबाट सुरु भएको बर्डफ्लु संक्रमण हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लामा फैलिएको हो ।

बर्डफ्लु नियन्त्रण तथा रोकथामका क्रममा हालसम्म ठूलो संख्यामा पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार संक्रमित क्षेत्रमा रहेका ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ । त्यस्तै, ९ लाख ८९ हजार ३१३ अण्डा र १ लाख ९५ हजार ४८५ केजी दाना सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>