चितवन विशेष

राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना

Banner

चितवन, ९ असारः
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा गर्ने औजार भएको बताउनुभएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका यहाँस्थित कार्यालयहरुको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले राजनीति कसैको शक्ति प्रदर्शन गर्ने हतियार नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो “राजनीति जनताको सेवा गर्ने औजार हो । कसैको शक्ति प्रदर्शन गर्ने हतियार होइन ।”

सरकारले जिम्मेवारीपूर्वक जनताको भावनाअनुसार काम गर्ने बताउनुभयो । जनतासँग गरेका वाचा पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उहाँको कथन थियो ।

पदको दुरुपयोग भएमा जनताले कारबाही गर्ने बताउँदै उहाँले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने दोहोर्याउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>