देश/प्रदेश

विष्णु पौडेललाई सात दिन थुनामा राख्न अनुमति

Banner

काठमाडौँ, ९ असारः
विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पक्राउ परेका एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले दुईतर्फी बहस सकिएपछि विभागलाई थुना अनुमति दिएको हो । सरकारी वकीलले भने इजला समक्ष २० दिन थुना म्याद माग गरेका थिए ।

पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि भन्दै सोमबार (असार ८) सुर्खेतबाट पक्राउ गर्दै काठमाडौं ल्याइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>