चितवन विशेष

रास्वपाको पार्टी सदस्य ५ लाख २३ हजार- मधेशमा सबैभन्दा धेरै, कर्णालीमा कम

Banner

काठमाडौँ, ९ असारः
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य ५ लाख २३ हजार ४५६ जना रहेका छन् ।

रास्वपाको पहिलो महाधिवेशनको बन्दसत्रमा मंगलबार महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठनिक प्रतिवेदनमा सो संख्या उल्लेख छ ।

प्रतिवेदनअनुसार रास्वपाका सबैभन्दा बढी सदस्य मधेस प्रदेशमा २३.३ प्रतिशत रहेका छन् । सदस्यको दोस्रो ठूलो संख्या वाग्मती प्रदेशमा २०.५ प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार रास्वपाका लुम्बिनी प्रदेशमा १४.५ प्रतिशत, कोसी प्रदेशमा १४ प्रतिशत, गण्डकी प्रदेशमा ११.८ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १०.६ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.२ प्रतिशत सदस्य रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>