चितवन विशेष

भरतपुरको चौविसकोठीमा ट्रक र स्कुटर ठोक्किदा एक युवाको मृत्यु

Banner

भरतपुर,असार ७-

चितवनमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटर चालक एक युवाको मृत्यु भएको छ । गयराती भरतपुर महानगरपालिका–१० चौविसकोठीमा केन्द्रीय बसपार्कबाट नारायणगढतर्फ जाँदै गरेको ना ४३ प ४१६३ नम्बरको स्कुटर सोही दिशातर्फ गइरहेको ना ४ ख ७४१९ नम्बरको ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा स्कुटर चालक तनहुँ आबुखैरेनी गाउँपालिका–४ स्थायी घर भई हाल भरतपुर–१० बस्दै आएका २३ वर्षीय सुजन मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्र भुसन यादबका अनुसार शनिबार राति करिब ८ः४५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>