चितवन विशेष
क्यान्सर अस्पताल चितवनमा मन्त्री ढकालको चासो, अध्यक्षमा न्यौपानेको सिफारिस फिर्ता गरिँदै
०

चितवन, मंसिर ३०-
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्यान्सर अस्पताल चितवनका पदाधिकारी नियुक्तिका लागि गरेको सिफारिसको फाइल फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएका छन् ।
मन्त्री ढकालले २३ मंसिरमा मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रिपरिषद्बाट प्रस्ताव फिर्ता पठाउन अर्को प्रस्ताव लगेका हुन् । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा पूर्वमन्त्री यादवले रत्ननगर नगरपालिका–९ का विजयराज न्यौपानेको नियुक्तीको लागि सिफारिस गरेका थिए । गत वैशाख २ गते उनलाई अध्यक्षमा नियुक्तिको लागि पूर्व स्वास्थ्य मन्त्री यादवले सिफारिस गरेका हुन् । तर, सो प्रस्ताव फिर्ता गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























