चितवन विशेष
चितवनमा युवकको हत्या गरेर गाडेको आरोपमा ५ जना पक्राउ
०

चितवन , मंसिर २३ –
चितवनमा एक युवाको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । भरतपुर २७ निवासी २६ बर्षिय अभिनाष महतोको हत्या गरेको आरोपमा प्रहरीले सोहिस्थानका पाँचजनालाई पक्राउ गरेको हो ।
हत्या आरोपमा भरतपुर २७ निवासी बर्ष २५ को विनोद कुमार महतो, बर्ष ३६ को दिपेन्द्र महतो , बर्ष २७ को यमकुमार महतो र बर्ष २० को बिजय महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए । पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो । उनीहरुसँगै एक किशोरीलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनको नाम ठेगाना गोप्य राखिएको छ ।
मंसिर १२ गतेबाट हराइरहेका अभिनाषको शव मंसिर १५ गते गाडेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























