चितवन विशेष

‘महिनाबारी मर्यादित बनाउन पुरुषको भूमिका महत्वपूर्ण’

Banner

निशा श्रेष्ठ

चितवन मंसिर २२

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महिलाको महिनावारीको अवस्थालाई मर्यादित र सहज बनाउन पुरुषको अहम भूमिका हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

‘लैंगिक हिंसा न्यूनीकरण र मानव अधिकारको लागि मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ विषयक आज भरतपुरमा आयोजित अन्तरसम्वाद कार्यक्रममा समाजका अगुवा पुरुषहरुले महिनावारी एउटा सामान्य शारीरिक प्रक्रिया भएको बताउँदै यो अवस्थामा आफ्नो भूमिका र अनुभव सुनाएका थिए । उनीहरुका कुरासँगसँगै महिलाले पनि आफ्नो महिनावारीका अनुभव र सामाजिक पारिवारिक दुव्र्यवहारलगायत यसलाई चिर्दै अगाडि बढ्दै गरेको अनुभव साटासाट गरेका थिए ।

यसै अवसरमा जिल्ला समन्वय समिति (जिसस)का प्रमुख कृष्णकुमार डल्लाकोटीले हाम्रो मानसिकता धर्मले गाँजेको बताउँदै सोहीअनुसार महिनावारीलाई पर सर्ने मनोवृतिलाई हटाउनुपर्ने विचार राखे । उनले भने ‘ धर्म , संस्कृति परम्परा रीतिरिवाज जेलिएको समाजमा मनिावारीको समयमा दुव्र्यवहार, छुनै नहुने जस्ता प्रचलनलाई सुधार्न हाम्रो मानसिकता परिवर्तन गर्नुपर्छ । महिला दिदीबहिनीले पनि यसको विकृत पक्षको भ्रम हटाउनुपर्ने जानकारी दिए ।

यस्तै पत्रकार महासंघका अध्यक्ष राधेश्याम खतिवडाले आफूले बालापनको अवस्थामा घरपरिवारमा महिनावारी हुँदा देखेको परिस्थिति भन्दा अहिले परिवर्तन भए पनि सतप्रतिशत रुपमा महिनावारीको अवस्थामा हुने विभेद हट्न नसकेको बताए । ‘कसले के भन्ला भन्ने कुरालाई चिरेर हाम्रो मनोविज्ञानमा परेको संस्कारी स्ट्याम्पलाई हामो दिमागबाट हटाउनसक्नुपर्छ ’ उनले भने । महिनावारी जस्तो संवेदनशील विषयमा पत्रकारहरुले निरन्तररुपमा कलम चलाउनुपर्ने बताउँदै यो अवस्थामा गर्नुपर्ने स्वास्थ्य सरसफाइमा पनि बहस हुनुपर्ने बताए ।

यस्तै सक्रिय महिला फोरमकी अध्यक्ष सावित्री भण्डारीले परिवारमा विभेदको सुरुवात नै महिनावारी भएको बताइन् । घरपरिवार\समाजमा महिनावारीलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म महिला पुरुषमा हँुदै गइरहेको विभेद पनि नहट्ने जीकिर गरिन् । ज्योतिष आचार्य नवराज सुवेदीले शास्त्रको कुरा उल्लेख गर्दै शास्त्रमा उल्लेख्य रुपमा विभेदपूर्ण श्लोकहरु उल्लेख गरेका थिए । शास्त्रले जे लेखे पनि धर्मले महिलालाई सम्मान गरेको र रजस्वलालाई सम्मान गनुपर्ने बताए । यस्तै राजनीतिक अगुवा श्याम विष्टले धर्मले हाम्रा धार्मिक ग्रन्थहरु वेद, गीता मनु जस्ता शास्त्रका विषयमा छलफल गरेर संशोधन हुनुपर्ने बताए । मनुजस्ता ग्रन्थहरुले महिलालाई तल्लो स्तरका श्लोकहरु लेख्ने मनुजस्ता धार्मिक ग्रन्थका बारेमा छलफल हुनुपर्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>