गण्डकी

विप्लवका नवलपरासी इन्चार्ज सुमन रिहा भए लगत्तै फेरि पक्राउ

Banner

विकास अधिकारी

परासी, मंसिर ७-

धरौटीमा रिहा भएका नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका नवलपरासी इन्चार्ज गंगाप्रसाद ज्ञवाली ‘सुमन’ लाई प्रहरीले अदालत परिसरबाट फेरि पक्राउ गरेको छ ।

धरौटी बुझाउन नसकेपछि ६ महिनादेखि थुनामा रहेका सुमनलाई ४० हजार धरौटी रकम बुझाएपछि अदालतले तारेखमा रिहा गर्न अनुमति दिएको थियो । तर, रिहा भए लगत्तै जिल्ला अदालत परासीको गेट अगाडि बाटै उनलाई सादा पोसाकमा खटिएका प्रहरीले सार्वजनिक सवारी साधनमा राखी प्रहरी कार्यालय लगेका हुन् । उनलाई पुनः नियन्त्रणमा लिने क्रममा प्रहरी र आफन्तबीच केहिबेर भनाभन भएको थियो । गत जेठ १३ गतेको थुनछेक बहसपछि ४० हजार धरौटी माग गरिएकोमा धरौटी बुझाउन नसकेपछि उनी कारागार चलान भएका थिए । उनिमाथि आगो लगाएको संगठित अपराध मुद्दामा मुद्दा चलाइएको थियो ।

रुपन्देहीको देवदह–३ घर भएका ज्ञवाली गत वर्षको चैत ११ गते बर्दघाट चिसापानीबाट पक्राउ परेका थिए । पछिल्लो पटक विप्लव समूहका धेरै नेता कार्यकर्ता पक्राउ परिरहेका बेला धरौटीमा रिहा भएका ज्ञवालीलाई पनि पुनः नियन्त्रणमा लिएको हो । शुक्रबार साँझ उनलाई रुपन्देही लगिएको प्रहरी स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>