नवलपरासी

परासीमा मंसिर २ देखि १५ सम्म औद्योगिक व्यापार मेला

Banner

विकास अधिकारी

नवलपरासी, कात्तिक ६

नवलपरासीको परासीमा औद्योगिक व्यापार मेला हुने भएको छ ।

‘शान्ति सम्वृद्धि उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार’ भन्ने मूल नाराका साथ उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा मेला हुन लागेको हो । आज परासीमा पत्रकार सम्मेलन गरी मंसिर २ देखि १५ गते सम्म मेला हुने जानकारी दिइएको छ । मेलामा परम्परागत तथा जिल्लाको संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषा झाँकी एवम् कला प्रर्दशनी गरिने बताइएको छ ।

मेलामा कृषि उत्पादन, घरेलु तथा लघु उद्यमीद्वारा उत्पादित विविध वस्तुहरुको प्रर्वद्धन गरिनुका साथै पाल्पाली करुवा र भोजपुरे खुकुरी पनि मुख्य आर्कषणको रुपमा रहने उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले जानकारी दिए । पश्चिम नवलपरासी औद्योगिक क्षेत्रको हब बन्दै गएको समयमा सबै उद्योगीलाई एकै ठाउँमा भेला गरी यस क्षेत्रमा थप लगानी भित्र्याँउन पनि मेला कोसेढुंगा सावित हुने भण्डारीले बताए । मेलामा झण्डै २०० स्टल रहने छन् भने दुई लाख दर्शकले अवलोकन गरेर पाँच करोड बढीको कारोबार हुने अपेक्षा राखिएको संघका महासचिव गिरिराज पाण्डेले जानकारी दिए ।

मेलामा पर्यटन, कृषि, धार्मिक, सूचनाप्रविधि र संञ्चार, सांस्कृतिक, सामाजिकलगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित स्टलहरु रहने छन् । पत्रकार सम्मेलनमा पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले मेलालाई व्यवस्थित बनाउन मिडियाले प्रभावकारी भूमिका खेल्ने बताउँदै स्थानीयस्तरका मिडियालाई विशेष प्राथमिकता दिएर प्रचार प्रसारमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, वाणिज्य उपाध्यक्ष नगेन्द्र अग्रहरी, मानार्थ सदस्य विजय अग्रहरीलगायतले मेलाका बारे बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>