चितवन विशेष

अस्पताल तोडफोडमा संलग्न ११ जनाबिरुद्ध मुद्दा दर्ता

Banner

चितवन,कात्तिक ४-

चितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा आइतबार पक्राउ परेका ११ विरुद्ध आज मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका १२ मध्ये ११ लाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको हो ।

एकजना बिरामी रहेकाले तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपिएको बताउनुभयो । म्याद थपसँगै अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

आइतबार चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको थियो । सो क्रममा प्रहरीले अश्रुग्यास र लाठीचार्जसमेत गरेको थियो । सो क्रममा छ प्रहरी घाइते भएका थिए । पूर्वी नवलपरासीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा शनिबार मृत्यु भएको थियो । अस्पतालको लापरवाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>