गण्डकी

गैँडाको आक्रमणबाट नवलपुरमा एक महिला घाइते

Banner

ज्ञानु पंगेनी

नवलपुर, असोज २७-

नवलपुरको कावासोती नगरपालिका–१३ गैरीमा गैँडाले आक्रमण गर्दा एक जना महिला गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार घाइते हुनेमा २५ वर्षीया युवती आशा गुरुङ हुन् । सोमबार बिहान करिब साढे नौ बजेको समयमा उनलाई गैँडाले आक्रमण गरेको हो । नमुना मध्यवर्ती सामुदायिक वनमा दाउरा काट्दै गर्दा गुरुङलाई गैँडाले आक्रमण गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी गुरुङको अहिले भरतपुरमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>