नवलपरासी

नवलपरासीका युवा अनुपलाई भारतको ‘अन्तर्राष्ट्रिय युवा अवार्ड’

Banner

परासी, असोज २७

शान्ति निर्माण र द्वन्द्व व्यवस्थापनको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै पश्चिम नवलपरासीका एक युवालाई भारत सरकारले अन्तर्राष्ट्रिय युवा अवार्ड प्रदान गरेको छ ।

शान्ति अभियान नेपाल नवलपरासी शाखाका अध्यक्ष अनुप न्यौपानेलाई नेसनल युथ अवार्डिज फेडरेसन भारत र राष्ट्रिय युथ अवार्ड(भारत सरकार)ले आइतबार दिल्लीमा आयोजित विशेष समारोहमा नेपाली युवा अनुपलाई अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरेको हो ।

२३ वर्षीय न्यौपानेलाई यसअघि गत वर्ष बंगलादेश सरकारले पनि ‘अन्तर्राष्ट्रिय युवा र शान्ति अवार्ड–२०१८’ बाट सम्मान गरेको थियो । पश्चिम नवलपरासीको सुनवल निवासी न्यौपानेले साउथ कोरिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, बंगलादेशलगायतका देशमा पुगेर नेपालको शान्ति निर्माण प्रक्रियाबारे विश्वमा सन्देश फैलाएको जनाइएको छ । त्यहाँका नागरिकलाई शान्ति निर्माण प्रक्रिया र त्यसपछिको अवस्थाका बारेमा उनले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा प्रस्तुति गर्ने अवसर पाएका थिए । शान्ति प्रक्रियामा युवा र बालबालिकालाई कसरी परिचालन र सहभागी गराउन सकिन्छ भनेर पनि उनले धेरै देशका यो क्षेत्रमा काम गर्ने व्यक्तित्व समक्ष आफ्ना विचार राख्दै आएका छन् ।

अनुप यसअघि इन्टरनेसनल युनाइटेड नेसन मोडुल प्रोग्राममा एशिया क्षेत्रबाट उत्कृष्ट ५०० युवामा छनोट पनि भएका थिए । संयुक्त राष्ट्र संघको सर्वोच्च पद महासचिव हुने लक्ष्यका साथ आफू यो क्षेत्रमा निरन्तर लागिरहेको उनको भनाइ छ । यसैगरी सोही अवसरमा युवाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएबापत शान्ति अभियान नेपाल नवलपरासीकै महासचिव लिण्डा कालामगर अन्तर्राष्ट्रिय युवा अवार्ड तथा बालबालिकाको क्षेत्रमा उल्लेख्नीय योगदान पु¥याए बापत सुनवल नगर बाल सञ्जालका सदस्य सन्देश खरेल पनि अन्तर्राष्ट्रिय बालबालिका अवार्डबाट सम्मानित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>