चितवन विशेष
मैयादेवी कन्या कलेजलाई एक करोड सहयोग
०

चितवन असोज २ –
भरतपुरको मैयादेवी कन्या कलेजलाई अमेरिका निवासी प्रा डा कृष्णलालभाइ प्रधानले रु एक करोड एक हजार १११ सहयोग गरेका छन । नेपालमा आएको समयमा उनले कलेजका संरक्षक मैयादेवी श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।
सो अवसरमा सह–संरक्षक प्रेमकुमार श्रेष्ठ, सञ्चालक समिति अध्यक्ष टङ्कनाथ पौडेल र प्राचार्य भङ्कबहादुर गुरुङ पनि सहभागी थिए ।
कलेजका अध्यक्ष पौडेलका अनुसार दाता प्रधान नाताले संरक्षक श्रेष्ठका भाइ हुन । श्रेष्ठकै निवासमा पुगेर प्रधानले सो चेक हस्तान्तरण गरेको उनले जानकारी दिए । सङ्कलित रकमलाई गरीब र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन अक्षयकोष खडा गरिने र सो कोषमा रकम थप गर्दै लगिने अध्यक्ष पौडेलले जानकारी दिए। समाजसेवी श्रेष्ठले स्थापना गरिदिनु भएको सो कलेजमा हाल एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























