चितवन विशेष

राप्ती नगरपालिकाको वडा वडामा लामखुट्टे नष्ट गरिँदै

Banner

चितवन, असोज १-

चितवनको राप्ती नगरपालिकामा लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको छ ।

डेँगुको सक्रमण बढ्न नदिन नगरको विभिन्न वडामा अभियान सञ्चालन गरिएको छ भने केही वडामा बाँकी छ । राप्ती वडा नम्बर १, २, ३, ७, ८ र ९ मा अभियान सञ्चालन भइसकेको छ भने वडा नम्बर ४,५ र ६ मा बिहीबारदेखि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिँदैछ ।

अभियानमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविकालगायतको २४ जनाको टोली परिचालन गरिने राप्ती नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र पराजुलीले जानकारी दिए । उनीले ती वडाका प्रत्येक घरघरमा पुगी लामखुट्टेको लार्भा खोजी गरिने नष्ट गर्नुका साथै जनचेतना समेत प्रवाह गर्ने पराजुलीले बताए ।

अभियानको पूर्वसन्ध्यामा बुधबार नगरका सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम गरिएको छ । नगर प्रमुख प्रभा बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले चितवनमा डेँगुको अवस्था, डेँगुबाट बच्ने उपायकाबारे सहजीकरण गरेका थिए । कार्यक्रममा राप्ती नगर उपप्रमुख इमानसिंह लामा, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांई, भण्डारा अस्पतालका प्रमुख डाक्टर गोपाल खरेललगायत जनप्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयमसेविका, टोल सुधार समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>