खैरहनी

खैरहनीमा चोरी बढेपछि गस्ती बढाउन मेयर चौधरीको सुझाव

Banner

चितवन, असोज १

नगरभित्र चोरीका घटनाहरु बढ्दै गएपछि खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले गस्ती र पेट्रोलिङ बढाउन सुझाव दिएका छन् ।
समुदाय प्रहरी नगरपालिका समितिको आज बसेको बैठकमा मेयर चौधरीले नगरमा दिनदहाडै चोरीका घटनाहरु भइरहेकाले सक्रियता देखाउन सुझाव दिएका हुन् । नगरभित्र चोरीका घटना प्रमुख समस्याको रुपमा रहे पनि लागूऔषध, जुवातास, अवैध मदिरा बिक्री वितरण नियन्त्रणमासमेत ध्यान दिन मेयर चौधरीले प्रहरीलाई आग्रह गरे ।

बैठकले चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउने विषयमा छलफल भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पालिकास्तरीय समिति सदस्य एवम् खैरहनी–१ का वडाध्यक्ष भूमिप्रसाद कँडेल, कमला श्रेष्ठलगायतले सुरक्षा मजबुद बनाउन नागरिक समाजसेवी, सबै नगरपालिका जिम्मेवार बन्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>