चितवन विशेष

संविधानबारे राप्ती नगरपालिकामा अन्तरक्रिया

Banner

चितवन, असोज १-

चितवनको राप्ती नगरपालिकामा नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन–२०७४ का प्रमुख प्रावधानबारे बुधबार अन्तक्र्रिया गरिएको छ ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राप्ती नगरपालिका मेयर प्रभा बरालले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताउँदै यसको कार्यान्वयनमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन् । मेयर बरालले विकृति नियन्त्रण, भ्रष्टचारमुक्त समाज निर्माणमा लाग्न सबैलाई आग्रहसमेत गरिन् ।

कार्यक्रममा राप्तीका उपमेयर इमानसिंह लामाले संविधान कार्यान्वयनमा सबै लाग्नु पर्ने भन्दै जनप्रतिनिधिले संविधानका बारे आम नगरबासीलाई बुझाउन सक्नुपर्नेमा जोड दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा अधिवक्ता जगन्नाथ भण्डारीले मुलुकी देवानी संहिता ऐन–२०७४ का बारे र अधिवक्ता नुनराज सिलवालले स्थानीय सरकार सञ्चालन ऐनमा भएका व्यवस्थाबारे जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>