कृषि

चितवनको खैरहनीमा शीत भण्डारः कृषि मन्त्री लामाले गरे शिलान्यास

Banner

चितवन, भदौं ३१-

चितवनको खैरहनी नगरपालिका–९ सुर्तनीमा शीत भण्डार निर्माण हुने भएको छ ।

शीत भण्डारको ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले आज मंगलबार शिलान्यास गरेका हुन् । ३ नम्बर प्रदेश सरकार, खैरहनी नगरपालिका र नगर भित्र रहेका सहकारीको संयुक्त लगानीमा शीत भण्डार निर्माण गर्न लागिएको हो । मन्त्री लामाका अनुसार प्रदेशको प्रत्येक जिल्लामा शीत भण्डार निर्माण गर्ने योजना अनुसार चितवनको खैरहनीमा निर्माण गर्न लागिएको हो । शीत भण्डार भवनको शिलान्यास गर्दै कृषि मन्त्री लामाले कृषिलाई व्यवसायिकरण गराउन शीत भण्डार कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । शीत भण्डारमा कृषि उपज राखे वापत किसानले केही शुल्क तिर्नु पर्ने र त्यहाँबाट भएको आम्दानी किसानले पाउने मन्त्री लामाको दाबी छ ।

सो अवसरमा मन्त्री लामाले समयमै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिए । कुल लागतमा प्रदेश सरकारको ७० प्रतिशत र खैरहनी नगरपालिका तथा नगर भित्र रहेका सहकारीको ३० प्रतिशत लगानीमा शीत भण्डार निर्माण हुने खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए । १३ करोडको लगानीमा आगामी असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माणका लागि इजी इन्फा प्रालिले ठेक्का पाएको छ । शीत भण्डारका लागि चालु आर्थिक वर्षमा खैरहनी नगरपालिकाले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । पूर्वी चितवनको चार नगरपालिकालाई लक्षित गर्दै खैरहनीमा शीत भण्डार निर्माण गर्न लागिएको खैरहनीका प्रमुख चौधरीले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>