चितवन विशेष
खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध
०

चितवन,भदौं ३१-
माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । रातिदेखि नै परिरहेको वर्षाका कारण खोला बढेर सडक अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार मगई, वगई, घाँघर, रतनेलगायत अधिकांस खोलामा पानीको बहाव बढेको छ । बिहानैदेखि खोला बढेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । माडीका अधिकांस खोलामा पक्की पुल निर्माणाधिन अवस्थामा छन् । सडक अवरुद्ध भएसँगै सदरमुकाम भरतपुरको माडी र ठोरीसँग यातायात सम्बन्धविच्छेद भएको छ ।
यसैविच माडी नगरपालिकाले आज सूचना जारी गर्दै नगरवासीलाई सुरक्षित रहन आग्रह गरेको छ । केही ठाँउमा डुवान भएको र क्षति पुगेको भन्दै नगरपालिकाले सचेत रहन आग्रह गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>