चितवन विशेष
बालदिवसमा माडीका दुई विद्यार्थीलाई बेटर चितवनको छात्रवृत्ति

चितवन, भदौ २९-
बाल दिवसको अवसरमा बेटर चितवनले माडीका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले आज आइतबार सो छात्रवृत्ति विधार्थीलाई प्रदान गरेको बेटर चितवनका अध्यक्ष सागर कार्कीले जानकारी दिए । छात्रवृत्ति पाउनेमा माडी नगरपालिकाका–८ मा रहेका दक्षिण अयोध्यापुरीको राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत १० वर्षीय नरेश सुनार र माडी नगरपालिका वडा नं ९ मा रहेको गणेश आधारभूत विद्यालयमा कक्षा १ मा अध्यनरत छात्रा विपना थापाले उक्त छात्रावृत्ति प्राप्त गरेका हुन् ।

छात्रावृत्तिअन्तर्गत उनीहरुले झोलासहित एक वर्षको लागि स्टेशनरी सामग्री, सरसफाइ सामग्री, विद्यालय युनिफर्म, विद्यालय शुल्कलगायतका सहयोग पाएका हुन् । यस वर्षको विद्यार्थी छात्रवृत्तिको लागि चितवन घर भई हाल अष्ट्रेलिया बस्ने युवा अभियन्ता दिपेन बानियाले सहयोग गरेका हुन् । गरिबी कै कारणले कोही पनि बालबालिकाले शिक्षाको उज्यालोबाट बञ्चित हुन नपरोस् भनेर सहयोग गरेको बानियाले बताए ।
बिगत लामो समयदेखि उनले नेपालका विभिन्न क्षेत्रका बिपन्न बालबालिकालाई सहयोग गर्दै आइरहेका छन् । बेटर चितवनले गरेका कामहरू निकै प्रभावकारी हुने र बालबालिकाको क्षेत्रमा बेटर चितवनले पु¥याएका येगदानहरू उल्लेख्यनीय रहेको उनले बताए ।
अष्ट्रेलियामा आफूले आफ्नो फुर्सदको समय निकालेर साना साना बाबुनानीलाई नृत्य प्रशिक्षण दिइरहेको र सोही प्रशिक्षणबाट आएको पारिश्रमिकले बेटर चितवनको विद्यार्थी छात्रवृत्तिको लागि सहयोग गरेको कुरा व्यक्त गरे ।
बेटर चितवनले हरेक वर्ष बाल दिवसको अवसरमा ‘विद्यार्थी छात्रवृत्ति’ कार्यक्रमअन्र्तगत छात्रवृत्ति प्रदान गर्दै अएको छ ।संस्थाको भाग्य बेक्ने झोला र उपहार न्यानो माया गरी दुईवटा अन्य छात्रावृत्ति कार्यक्रमहरू पनि रहेका छन् । उक्त कार्यक्रमबाट हालसम्म ६६२ जना बालबालिकाहरू लाभान्वित भइसकेको बेटर चितवनका संयोजक सुबास सापकोटाले बताए । बाल दिवसकै अवसर पारेर विद्यार्थीलाई डेँगु रोग, सरसफाई र फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण संस्थाकी सदस्य सुजता न्यौपानेले दिएकी थिइन् ।

























